रौतहटको चन्द्रपुरमा झडप, १० जना घाइते, घर र मोटरसाइकलमा आगजनी


२५ असार २०७८, शुक्रबार
Chandrapur Jhadap

रौतहट, २५ असार । रौतहटको चन्द्रपुरमा दुई समूहबीच गए राति झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । केही घर र आठ वटा मोटरसाइकलमा आगजनी भएको छ । झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरीलगायत घाइते भएका छन् । उनीहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज कोइरालाले जानकारी दिए ।

जग्गासम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका–८ बस्तीपुरमा गए राति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको कोइरालाले बताएका छन् । सो घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ । आठ वटा मोटरसाइकलमा आगजनी पनि भएको छ । सो स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७