के छ अभिनेत्री जेनी कुँवरको ‘सुसाइट नोट’ मा ?


२५ असार २०७८, शुक्रबार
jeni kuwor 1231625808475

काठमाडौं, २५ असार । अभिनेत्री जेनी कुँवरले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड’ नोट प्रहरीले भेटाएको छ । उनले बिहीबार साँझ (हिजो) आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनको सुसाइड नोट ‘वेड’ मा भेटिएको थियो । सुसाइड नोटमा उनले आफ्नो मुद्दामा कसैलाई केही नगर्न आग्रह गरेकी छिन् ।

jeni kunwar

प्रहरी स्रोत अनुसार जेनीको नोटमा भनिएको छ, ‘पुलिस दाइ नमस्ते । मेरो दिमागी हालत ठिक नभएर आत्महत्या गरेकी हुँ । मलाई घरका सबैले र श्रीमान र छोरीले पनि माया गर्न ुहुन्छ । विरामले झनझन चाप्दै गएकाले मैले आत्महत्या गरेकी हुँ । यो केसमा कसैलाई केही नगर्नु होला ।’

निर्मात्री समेत रहेकी जेनीले मैदान, धुम, मिस्टर डन, हलचल, घायल, विन्ती पत्र, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायतका चलचित्रहरुमा काम गरेकी छिन् । उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’ को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । केहीअघि उनको पशुपति परिसरमा नै विवाद समेत भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७