ब्राउन सुगरसहित दुई महिला र एक पुरुष पक्राउ


२५ असार २०७८, शुक्रबार
212356475 4307093632689757 6477484719118991845 n SWBlTkGs3i

मोरङ, २५ असार । मोरङको बेलबारी नगरपालिका–१ गाईघाट टोलबाट दुई महिलासहित तीन जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका प्रहरीले जनाएको छ । हिजो बेलुका साढे ७ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङसहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खानतलासी गर्दा धानको भकारीभित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तीनै जना उपर इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७