हैटीका राष्ट्रपतिको भाडामा लिइएका विदेशी आक्रमणकारीबाट हत्या : प्रहरी


२५ असार २०७८, शुक्रबार
haiti presedent murder case 7mQ4WKGG7C

काठमाडौं, २५ असार । हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्या विदेशी आक्रमणकारीको एउटा टोलीले गरेको त्यहाँको प्रहरीले बताएको छ । त्यो टोलीमा धेरैजसो कोलम्बियाका पूर्व सैनिक थिए ।

प्रहरी प्रमुख लियोन चार्ल्सले त्यो आक्रमणकारीको टोलीमा २६ जना कोलम्बियाका र हैटी मूलका दुई अमेरिकी आक्रमणकारी रहेको जानकारी दिएका छन् । आठ संदिग्ध अझै पनि फरार रहेका र दुई अमेरिकीसहित १७ जनालाई पक्राउ गरिएको छ । बाँकी संदिग्धको प्रहरीसँगको मुठभेडमा राजधानी पोर्ट ओ प्रिन्समा ज्यान गएको थियो ।

presidentmoisess cSXNstGPOv
हैटीका राष्ट्रपति जोभनेल मोइसी

बिहीवार हैटी प्रहरीले केही संदिग्धलाई मिडियासामु सार्वजनिक गरेको थियो । उनीहरूको अगाडि हतियार, कोलम्बियाको पासपोर्ट र अन्य प्रमाण राखेका थिए । प्रहरी प्रमुखले भने, ‘राष्ट्रपतिको हत्या गर्नका लागि विदेशी हाम्रो देशमा आए ।’ गएको बुधवार हैटीका राष्ट्रपति जोभनेल मोइसीको निवासमा आक्रमण हुँदा उनको ज्यान गएको थियो । आक्रमणमा उनकी पत्नी घाइते भएकी छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७