भारतमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९७.१९ प्रतिशत


२५ असार २०७८, शुक्रबार
korona india 6

नयाँदिल्ली, २५ असार । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये ९७.१९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी कुल सङ्क्रमितमध्ये १.४९ प्रतिशत मात्रै अहिले पनि सङ्क्रमित अवस्थामा रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ५८ हजार ७२७ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

पछिल्लो एक दिनमा पनि नयाँ सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको संख्या पनि घट्दै गइरहेको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४३ हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सोही अवधिमा अरु ४४ हजार ४५९ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको शुक्रबार विहान जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या चार लाख पाँच हजार ९३९ रहेको छ ।

देशव्यापी खोप अभियान सञ्चालन भइरहेको भारतमा अहिलेसम्म ३६.८९ करोड मानिसलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । त्यसैगरी बिहीबारसम्म भारतमा कुल ४२ करोड ७० लाख १६ हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये १७ लाख ९० हजार ७०८ जनाको स्वाब भने पछिल्लो एक दिनमा परीक्षण भएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७