ताइवानलाई जापानले दियो ११ लाख ३० हजार खोप


२५ असार २०७८, शुक्रबार
astrajeneca MWpuSSsN6e

काठमाडौं, २५ असार । जापानले ताइवानलाई कोरोना भाइरसविरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो ।

ताइवानका स्वास्थ्य मन्त्री चेन सिह चुङले खोपका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप उपलब्ध गराइ दिएकोमा जापानलाई धन्यवाद दिए । जापानले उपलब्ध गराएको खोपका कारण ताइवानमा कोरोनाभाइरसको महामारी न्युनीकरणका लागि ठूलो सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले भने ताइवानलाई जापानले गरेको सहयोग असल मित्र देशको रुपमा गरिएको बताए । अप्ठ्यारोमा परेको एउटा देशलाई अर्को मित्र देशले सहयोग गर्नु स्वभाविक दायित्व अन्तर्गत पर्ने पनि उनले उल्लेख गरेका छन् । उनले जापानले दिएको खोपले ताइवानमा कोरोना भाइरसको महामारी न्युनीकरणका लागि सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

जापानले ताइवानलाई यसअघि जुन ४ तारिखका दिन पनि अष्ट्राजेनिकाकै १२ लाख ४० हजार खोप प्रदान गरेको थियो । चीनसँग जापान र ताइवानको सम्वन्ध कमजोर हुदै गइरहेका बेला जापानले ताइवानलाई ठूलो संकटमा राहत पुग्ने गरी सहयोग गरेको हो । –एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७