‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई हृदयघात


२५ असार २०७८, शुक्रबार
hemanta

काठमाडौं, २५ असार । नेकपा ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन) लाई हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको छ ।

hemanta prakash OLi

०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विष्फोट घटनामा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा छन् । विप्लव समूहको मध्य कमाण्ड इञ्चार्ज रहेका उनले नै २०७५ फागुन १० मा नख्खुमा भएको बम विष्फोटको जिम्मेवारी लिएका थिए । त्यसबेलै उनी प्रहरीको नजरमा परेका थिए ।

विप्लव समूहले सरकारसँग भएको सहमति अनुसार आफ्ना–नेता कार्यकर्ता नछुटेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै आएको छ । केहि दिनअघि मात्र विप्लव समूहले प्रधानमन्त्रीलाई भेट गर्दै १० दिनभित्र आफ्ना नेता–कार्यकर्ता रिहा गर्न माग गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७