चरालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘थ्रेट’


२६ असार २०७८, शनिबार
pokhara airport

पोखरा, २६ असार । विकासले विनास पनि सँगसँगै लिएर आउँछ । विकासकै कारण धेरैतिर विनास पनि भएका छन् । पछिल्लो समय सडक सञ्जाल बिस्तारको क्रममा जथाभावी खनिएको सडकले वर्षातमा पहिरोको जोखिम बढाएको छ । यस्तै ठूला विकासले पर्यावरणमा समेत गम्भीर असर पुर्याउने अध्ययनले देखाएको छ ।

चार दशकको पर्खाइपछि पोखरा महानगरपालिका–१४ छिनेडाडाँमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन छ । विमानस्थलको निर्माण सकिन पनि थालेको छ । विमानस्थल निर्माण भएसँगै त्यहाँको पर्यावरण जोगाउन भने चुनौती थपिएको छ ।

विमानस्थल क्षेत्र कुनैबेला चराचुरुंगीको बासस्थान थियो । अहिले विमानस्थल निर्माले चराहरुको पुरानो बासस्थान साँघुरिदैं जादाँ चराचुरुंगी लोप हुने खतरा बढेको छ । अर्कोतिर चराकै कारण हवाई दुर्घटनाको जोखिम बढाएको विज्ञहरु बताउँछन् ।

चराबारे जानकार राख्नेहरुका अनुसार ४० वर्ष अघि छिनेडाँडा चराहरुको बासस्थल हो । खुला ठाँउ थियो । सिंचाईको नहर छ । नजिकै विजयपुर खोला छ । खोला र नहरमा बगेर आउने जीवजन्तु चराचुरुंगीको आहारा हुन्थ्यो । ठूला सिमलका रुखहरु थिए । अहिले पनि नहर छ । खोला छ । तर फाँट भने छैन । फाँटको आधाजसो भागमा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसहित पूर्वाधार बनेका छन् । आधा जसो त घडेरीमा परिणत हुदैं घर बनेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७