अटो, बोलेरोदेखि ट्रकमा समेत गाँजा ओसार-पसार


२६ असार २०७८, शनिबार
gaja 1

मकवानपुर, २६ असार । गाँजा खेतीलाई वैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेलाबेलामा बहस चल्ने गरेको छ ।
यता, गाँजालगायत लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ भनिँदै आएको मकवानपुरमा प्रहरीले दैनिक डेढ क्विन्टलसम्मको परिमाणमा गाँजा बरामद गर्ने गरेको छ । केही दिनअघि मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरी घर भएका चालकले चलाएको कन्टेनरमा लगिएको झण्डै १ क्विन्टल गाँजा हेटौंडामा प्रहरीले बरामद गर्‍यो ।

गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडा बजार क्षेत्र प्रवेश गर्नुअगावै हेटौंडा ११ थाना भर्‍याङमै नियन्त्रणमा लिने प्रयास गरेको थियो । चालकले चलाखीपूर्वक कन्टेनर भुटनदेवी मोडमा पुर्‍यायो । तर, सोही मोडमा प्रहरीले नियन्त्रणमा लियो । कन्टेनरमा रहेका १२ पोका अर्थात् ९६ किलो ४ सय ग्राम गाँजा र तस्करीमा संलग्न पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लियो ।

यस पटक बरामद गरेको गाँजा र तस्करमा संलग्नबारे अनुसन्धान गर्दागर्दा प्रहरीले भोलिपल्ट अझै ठूलो परिमाणमा उसैगरी ट्रकमा लोडगरी ल्याइएको गाँजा फेला पार्‍यो । अघिल्लो दिन ९६ किलो गाँजा बरामद गरेको प्रहरीले भोलिपल्ट बिहीबार १ सय ४३ किलो अर्थात् झण्डै डेढ क्विन्टल गाँजा बरामद गर्‍यो । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७