देशभर बर्षा, तीन प्रदेशमा धेरै ठूलो पानी पर्ने सम्भावना


२६ असार २०७८, शनिबार
raining

काठमाडौं, २६ असार । आज (शनिबार) पनि देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । जसका कारण आज पनि देशका धेरै स्थानमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशााखाका अनुसार अहिले (शनिबार बिहान) पनि प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो भने धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस क्रममा प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना पनि छ । यस्तै प्रदेश–१, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । यस क्रममा प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७