विवादबीच बजेट पास गर्न प्रदेशसभा बैठक बस्दै


२६ असार २०७८, शनिबार
sadan copy 0872021043226
{“caption”:”u0906u092bu094du0928u094b u0938u094du0925u093eu0928u092cu093eu091f u0909u0920u0947u0930 u0935u093eu0917u094du092eu0924u0940 u092au094du0930u0926u0947u0936u0938u092du093e u092cu0948u0920u0915 u0905u0935u0930u0941u0926u094du0927 u0917u0930u094du0926u0948 u0935u093fu092au0915u094du0937u0940 u0926u0932u0915u093e u0938u093eu0902u0938u0926u0939u0930u0942 u0964 u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u0938u0941u0935u093eu0938/u0915u093eu0928u094du0924u093fu092au0941u0930nn”,”photographer”:””,”alt_text”:””}

हेटौंडा, २६ असार । अर्को सूचना नभएसम्मका लागि स्थगित भएको वागमती प्रदेशसभाको बैठक आज (शनिबार) पुनः बस्दैछ ।
प्रदेशसभा सचिवालयका अनुसार दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ बजेट पास गराउनका लागि बैठक बस्न लागेको हो ।

यस विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद सिर्जना हुँदा प्रदेशसभाको बैठकमा प्रतिपक्षबाट अवरोध सिर्जना भइरहेको छ । लगातार तीन दिनसम्म विभिन्न माग राख्दै प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरेसँगै प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

बैठकलाई सहजरुपले सञ्चालन गर्न शुक्रबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसे पनि दलहरुबीच ठोस सहमति भने भएको छैन । सबै दल आ–आफ्नो अडानमा हुँदा कार्यव्यवस्थामा सहमति नजुटेको हो । प्रतिपक्षी दलहरुको विरोधका कारण प्रदेशसभामा बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।

सरकारलाई साउन १ गतेभित्र सदनबाट पास गराउनुपर्ने बाध्यता छ । विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याइएको, समपूरक बजेट र योजना दलगत आधारमा विभदे गरी बाँडफाँड गरेको, प्रदेश सरकारले आमसञ्चार गृह सञ्चालन गर्न नहुने भन्दै प्रतिपक्षी दलहरुले संसदमा अवरोध सिर्जना गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपा बजेट फेल गराउन मोर्चाबन्दी गरिरहेका छन् । विपक्षीको मोर्चाबन्दी र आफ्नै दलभित्रको खनाल–नेपाल समूह बजेटको विपक्षमा रहेका कारण सदनबाट बजेट पास हुने अवस्था नरहे पनि सरकारले बैठक आह्वान गरेको हो । बैठक अगाडि मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षी दलहरुसँग छलफल गर्ने बुझिएको छ । वाग्मतीमा सत्तारुढ एमालेको एकल बहुमत भए पनि खनाल–नेपाल समूहले सहयोग नगरे सदनबाट बजेट पास हुन सक्दैन ।

पार्टी एकताका लागि भन्दै आगामी आबको नीति तथा कार्यक्रम एमालले एक भएर पारित गरे पनि बजेट पास गर्ने समयमा सत्तारुढ दलका सांसदहरुलाई विभाजित भएका छन् । हाल प्रदेशमा रहेका १०९ सांसदमध्ये एमालेको ५६ जना रहेका छन् । जसमध्ये खनाल–नेपाल समूहको २३ मत रहेको छ । प्रदेशमा माओवादीको २३, कांग्रेसको २२, विवेकशील साझा ३, नेपाल मजदुर किसान पार्टी र राप्रपा २÷२ तथा एक स्वतन्त्र सांसद रहेका छन् । बजेट पास गर्नका लागि ५५ मत आवश्यक पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७