राष्ट्रपतिको हत्यापछि हेइटीले मद्दत माग्दा सहयोग गर्न इन्कार गर्‍यो अमेरिकाले


२६ असार २०७८, शनिबार
presidentmoisess cSXNstGPOv

काठमाडौं, २६ असार । अमेरिकाले हेइटीलाई सैन्य सहायता प्रदान गर्न अस्वीकार गरेको छ । राष्ट्रपति जोभेनल मोइजको हत्यापछि हेइटी सरकारले देशका महत्वपूर्ण पूर्वाधार रक्षा गर्नको लागि भन्दै अमेरिकासँग सैन्य सहायता मागेको थियो ।

यसको जवाफमा अमेरिकाले राष्ट्रपतिको हत्याको विषयमा हाइटीको मद्दत गर्नसक्ने बताए पनि सैन्य सहायता भने प्रदान गर्न नसक्ने बताएको हो । शुक्रबार मात्र हेइटीका प्रहरीले राष्ट्रपति मोइजको हत्या विदेशी आक्रमणकारीबाट भएको बताउँदै ती आक्रमणकारी विशेष गरी कोलम्बियाका पूर्व सेना रहेको बताएका थिए ।

प्रहरी प्रमुख लियोन चार्ल्सका अनुसार राष्ट्रपतिको हत्यामा २६ कोलम्बियाका नागरिक र हेइटी मूलका दुई अमेरिकी आक्रमणकारी सामिल थिए । हालसम्म ८ संदिग्ध अझै फरार रहेको बताइएको छ, दुई अमेरिकीसहित १७ लाई भने प्रहरीले गिरफ्तार गरिसकेको छ । बाँकीको भने प्रहरीको मुठभेडमा मृत्यु भएको छ ।

कोलम्बियाको सरकारले यो आक्रमणको घटनामा ६ आफ्ना पूर्व सेना संलग्न भएको पुष्टि गर्दै अनुसन्धानमा सक्दो सहयोग गर्ने हेइटीलाई बताएको छ । गत बुधबार बिहानै राष्ट्रपति मोइजलाई उनको निजी निवासमै घुसेर गोली हानी हत्या गरिएको थियो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७