पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला इङ्ग्ल्याण्डलाई


२७ असार २०७८, आईतवार
Capture 2

काठमाडौं, २७ असार । पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला एक खेल अगाडि नै इङ्ग्ल्याण्डले जितेको छ । लड्र्समा भएको दोस्रो एक दिवसीयमा पाकिस्तानलाई ५२ रनले हराउँदै इङ्ग्ल्याण्डले श्रृङ्खला जितेको हो।इङ्ग्ल्यान्डले २–० को अग्रता बनाएको छ ।

इङ्ग्ल्याण्डले दिएको २४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान ४१ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो । पाकिस्तानका लागि साउद शकिलले ५६ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् । इङ्ग्ल्याण्डका लेविस ग्रेगोरीले ३ विकेट लिए । त्यस्तै क्रेग ओभर्टन, सकिब मोहमुद र माट पार्किनसनले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४५ ओभर २ बलमा अलआउट हुँदै २४७ रन बनाएको थियो । इङ्ग्ल्याण्डका फिल साल्टले ६० रन तथा जेम्स भिन्सले ५६ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिए ।

हरिस राउफले २ विकेट लिए । दुई टोलीबीचको अन्तिम तथा तेस्रो एक दिवसीय मंगलवार हुनेछ । तीन खेलको एक दिवसीय र तीन खेलको टी–२० शृङ्खला खेल्न पाकिस्तान इङ्ल्याण्ड भ्रमणमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७