कोटेश्वरबाट नेपाल पक्ष सिंहदरबार फर्किएपछि कार्यदलको बैठक शुरु


२७ असार २०७८, आईतवार
CPNUML working Team

काठमाडौं, २७ असार । नेकपा एमाले कार्यदलको बैठक ढिला गरी शुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विहान सवा ९ बजेबाट बैठक शुरु भएको हो ।

विहान ८ बजेका बैठक बस्ने भनिए पनि वरिष्ठ नेता माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा जुटे लागेपछि एक घण्टा ढिलागरी बैठक शुरु भएको हो ।

नेता नेपालको निवासमा एक घण्टा छलफल गरेर उनीहरु सिंहदरबार पुगेपछि बैठक शुरु भएको छ । वैठकले सहमतिको दस्तावेजमा हस्ताक्षर गर्ने जनाइएको छ । आज एमाले एकता घोषणा गर्न कार्यदलका सदस्यहरु लागिपरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७