एक महिनादेखि बेपत्ता सुजिताको शव शौचालयको ट्याङ्कीभित्र फेला, पतिसहित पाँच जना पक्राउ


२७ असार २०७८, आईतवार
hatya maho

महोत्तरी, २७ असार । महोत्तरीको भ्रमपूरा–७ कि २६ बर्षीया सुजिता ठाकुरको हत्या गरेर शव निर्माणाधीन शौचालयको ट्याङ्कीभित्र टुक्रा–टुक्रा पारेर गाडिएको अवस्थामा फेला भेटिएको छ ।

आइतबार बिहान आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टि ट्यांकीमा सुजिताको शव फेला परेको हो । गएको जेठ २० गते बेपत्ता सुजिताको शव अवशेष अवशेष (कपाल, चुरा, कपडा) घरभन्दा एक किलोमिटर पर खेतमा गाडेको अवस्थामा असार १३ गते फेला परेको थियो । व्यापक खोजतलास पश्चात महोत्तरी प्रहरीले सडेको अवस्थामा शव फेला पारेको हो ।

sujita sab1625978704

प्रहरीले शव भेटिएको क्षेत्र उत्खनन् गरिरहेको छ । शव टुक्रा–टुक्रा पारेर गाडिएको र त्यहाँमाथिबाट ढलान गरिएको पाइएको अनुसन्धानमा खटिएको प्रहरीले जानकारी दिएको छ ।

परिवारजनले सुजिताकै शव रहेको सनाखत गरेको र बाँकी कुरा पोस्टमार्टमबाट खुल्ने महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । माइती पक्षले सुजिताको हत्या गरेको दावी गर्दै आएको छ । हत्या गरेर शव लुकाएको आरोपमा प्रहरीले सुजिताका पति मुकेश ठाकुर, देवर रुपेश ठाकुरलगायत पाँच जनालाई पक्राउ गरेको छ ।

शवको अवशेष फेला परेकै दिन सुजिताको हत्या आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो । पछि पुनः सोही घटनामा संलग्न ३ जना पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । परिवारबाट पटक-पटक चरम यातना पाएकी सुजिता जेठ २० गते बेपत्ता भएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७