गण्डकी प्रदेश : दीपक मनाङेले पाए खेलकुद मन्त्रालय, आचार्यलाई ऊर्जा


२७ असार २०७८, आईतवार
gurung acharya 8WnWbMtkCG

पोखरा, २७ असार । गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विना विभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन ।

दुई विना विभागीय मन्त्रीहरुले शुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हालेका हुन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफल कार्यक्रमअघि नै मन्त्रालयको विषयलाई टुङ्गो लगाएका छन् ।

यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आफ्ना दुवै सांसदलाई मन्त्री बनाउनु पर्ने माग गर्दै आएका थिए । विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरेपनि सहमति तोडेपछि किचलो शुरु भएको थियो ।

अर्का मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनु पर्ने अडान लिँदै आएका थिए । यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थको जिम्मा पाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७