सन् २०२१ भित्र सबै नेपालीलाई कोरोना खोप : प्रधानमन्त्री

‘नेपालमा जति सस्तो स्वास्थ्य उपचार संसारमा कतै छैन’


२७ असार २०७८, आईतवार
kp oli cover

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप निरन्तर ल्याएर जनतालाई सुरक्षित पार्न लागि परेको बताएका छन् ।

आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै ओलीले २०२१ सम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने बताए । भ्याक्सिन नपाएर मर्नपर्ने स्थिति अब नआउने उनले बताए । विश्वबाट नै कोभिड नहटेसम्म सबैलाई सजगता अपनाउन उनले आग्रह गरे ।

‘नेपालमा जति सस्तो स्वास्थ्य उपचार संसारमा कतै छैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीं नभएको बताएका छन् ।

उनले संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा भएको जिकिर गरे । आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७÷८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७