एमाले स्थायी कमिटी बैठक स्थगित, सोमबार बस्ने


२७ असार २०७८, आईतवार
uml standing meeting13 MYQ1I0KrkO

काठमाडौं, २७ असार । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज (आइतबार) दिउँसोका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो ४ बजेका लागि बोलाएको बैठक स्थगित भएको हो । एमाले उच्च स्रोतका अनुसार पार्टी एकता कार्यदलले तयार पारेको मस्यौदामा सहमति नभएपछि बैठक स्थगित भएको हो ।

बैठक सोमबार बस्ने बताइएको भए पनि समय निश्चित भएको छैन । लामो समयदेखिको पार्टी विवाद समाधानका लागि गठन भएको कार्यदलले सहमति भएको बताए पनि सहमतिका बुँदा सार्वजनिक गरेको छैन ।

आइतबार सहमति सार्वजनिक हुने कार्यदल सदस्यको दाबी गलत सावित भएको छ । शनिबार मात्र अध्यक्ष केपी ओली पक्षीय कार्यदल संयोजक सुवास नेम्वाङले आइतबार बिहान ८ बजे सुखद् समाचार सुन्न पाइने बताएका थिए । तर आज (आइतबार) आठ घण्टासम्म कार्यदलको वैठक चल्दासम्म सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७