इङ्ल्याण्डलाई पेनाल्टी सुट आउटमा हराउँदै इटली बन्यो युरोकप च्याम्पियन


२८ असार २०७८, सोमबार
215641622 351501649876599 310953217604737800 n wlRVrBCrS2

काठमाडौं, २८ असार । घरेलु टोली इङल्याण्डलाई ट्राइब्रेकरमा पराजित गर्दै इटालीले युरोपियन च्याम्पियनसिप २०२० को उपाधि उचालेको छ । लण्डनको वेम्वेली स्टेडियममा आइतबार राति भएको खेलमा इटालीले पेनाल्टी सुटआउटमा इङल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै १६ औं संस्करणको उपाधि जितेको हो । ५३ वर्षपछि इटाली दोस्रो पटक युरोकपको उपाधि जित्न सफल भएको छ ।

इटाली यसअघि सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो । १ पटक उपाधि उचालेर २ पटक उपविजेतामै चित्त बुझाएको इटाली चौथो पटक फाइनलमा पुग्दा दोस्रो पटक उपाधि माथि कब्जा गर्न सफल भएको हो । इटाली सन् २००० र २०१२ मा भएको युरोकपमा उपविजेतामा सीमित भएको थियो ।

उता पहिलो पटक फाइनलमा पुगेको इङल्याण्ड भने उपविजेतामै चित्त बुझाउन बाध्य भयो । ५५ वर्षपछि ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा रहेको इङल्याण्डको सपना भने अधुरै रहेको छ ।

इङल्याण्डले यसअघि सन् १९६६ मा भएको विश्वकपको उपाधि जितेको थियो । त्यसयता टोली पहिलो पटक फाइनलमा पुगेको हो । युरोकपको १० संंस्करणमा छनोट भएको इङल्याण्ड दुई पटक तेस्रो भएको थियो । युरोकपमा सन् १९६८ र १९९६ मा तेस्रो स्थान हात पार्नु नै टोलीको अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । घरेलु टोली इङल्याण्डले खेलको दोस्रो मिनेटमा नै लुक शाको गोलमा अग्रता बनाएको थियो । काइरान ट्रीपिएरले दिएको क्रस पासमा काउन्टर अट्याकमा शा ले पहिलो टचमा नै गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको इटालीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीम ल्याएको थियो । पहिलो हाफमा बल पोजिसनमा इटालीले पकड जमाए पनि फिनिसिङमा चुक्न पुग्दा बराबरी गर्ने अवसर गुमाएको थियो ।

खेलको ६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा गोल गर्दै खेलमा फर्कियो । इङल्याण्डका डिफेन्सले क्लिअर गर्न नसकेको बलमा बोनुचीले गोल गर्दै इटालीलाई खेललाई बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७