रोनाल्डोले जिते गोल्डेन बुट अवार्ड


२८ असार २०७८, सोमबार
ronaldo scaled 1

काठमाडौं, २८ असार । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप–२०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट जितेका छन् ।

पोर्चुगल यो पटक युरोकपको अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ का एक गरी प्रतियोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाएका हुन् ।

बिहान सकिएको युरोकपको उपाधि इटलीले जितेको छ । इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटलीले दोस्रो पटक उपाधि जितेको हो । यसइटलीले सन् १९६८ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७