यी जिल्लामा आज बाढीको जोखिम, सतर्क रहन आग्रह


२८ असार २०७८, सोमबार
duban
फाइल फोटो

काठमाडौं, २८ असार । मनसुनी वायुका कारण आज पनि देशका धेरै भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज देशका चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बर्षाका कारण आज कर्णाली र महाकाली नदीका सहायक नदीहरुमा पानीको बहाव केही बढ्ने छ । तर, सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । आज तिनाउमा पनि बहाव केही बढ्ने जनाइएको छ । कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा बहाब सामान्य घटबढ हुने तर सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज ताप्लेजुङ, पाँचथर, सोलुखम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, सुनसरी, मोरङ, झापा, इलाम, बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, कास्की, म्याग्दी, बागलुङ, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रुकुम पूर्व, सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालीकोट, दैलेख, जुम्ला, दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा, डोटी, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ आज बाढीको पूर्वानुमान

akfkmdgm

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७