एमाले कार्यदलको १० बुँदे सहमतिप्रति रामकुमारी झाँक्रीको ४ बुँदे टिप्पणी


२८ असार २०७८, सोमबार
ramkumari jhakri

काठमाडौं, २८ असार । नेकपा एमालेको एकताका बचाउन गठित कार्यदलले हिजो (आइतबार) राति गरेको १० बुँदे सहमितिप्रति माधवकुमार नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले चार बुँदामा टिप्पणी गरेकी छन् ।

१० बुँदे सहमतिलाई लिएर अहिले एमालेभित्र विभिन्न कोणबाट प्रतिक्रियाहरु आइरहेका छन् । वरिष्ठ नेता नेपाल समेत असन्तुष्ट देखिएको १० बुँदे सहमतिमा नेत्री झाँझीको पनि असन्तुष्टिसहितको चार बुँदे टिप्पणी आएको छ ।

हेर्नुस् झाँक्रीको ४ बुँदे टिप्पणीः

१) हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने छ ।
२) स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयन योग्य हुँदैन । बैठक जाने कुरा हुन्न ।
३) अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता लिइने छैन । लिने कुरै आउँदैन ।
४) भ्रममा नपरौं, स्वागत गर्न हतार नगरौं । निरास पनि नबनौं । राजनीति हो यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७