बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइल फोनहरु नेपाली बजारमा


२८ असार २०७८, सोमबार
mobile

काठमाडौं, २८ असार । बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी (Symphony) नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालि ले नेपाली बजारमा उपलब्ध गराएको हो । सिम्फोनी ब्राण्डका 5 स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ ।

कम्पनीले सिम्फोनी Z-18, Z-28, Z-32, Z-30Pro र Z-40 स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाल मा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षा का लागि उपयुक्त विशेषताहरु सहितका रहेका छन् ।

यी फोनहरु बजेट मूल्यमा अनलाइन कक्षा को लागी उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ ।कम्पनीका सेल्स म्यानेजर/मार्केटिंग म्यानेजरद्धय राजेश चालिसे तथा गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सूपथ मूल्यमा उपलब्ध गराईने बताए ।

सेल्स म्यानेजर/मार्केटिंग म्यानेजरद्धय चालिसे तथा बस्यालले भने,‘हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्राण्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्राण्डका फोनहरुमा प्रिमियम फिचर राखिएको छ भने अहिलेको युवा पुस्तालाई आकर्षित गर्ने किसिमको रहेको छ । हामीले यी फोनहरु अविश्वनिय मूल्यमा उपलब्ध गराउने छौं ।’

उनीहरुले सिम्फोनीका मोबाइलहरुमा बिक्रीपछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरुलाई पुर्ण सेवा दिन तयार रहेको बताए । यसका साथ ग्राहक ले कम्पनी बाट मोबाइल सेट मा एक बर्षे वारंटी अनि ब्याट्री र चार्जरमा मा पनि एक बर्षे वारेन्टी पाउनेछ ।

हाल सार्वजनिक गरिएको सिम्फोनी Z-40(4/64) र Z-30pro(4/64) को बजार मूल्य रु. 16,899/–,र रु. 16499 सिम्फोनी Z-32(3/32) र Z-28(3/32) को बजार मूल्य रु. 13,499/– र रु.12,999 /–सिम्फोनी Z-18(2/32) को बजार मूल्य रु. 11,799/- तोकिएको छ । आगामी दिनमा कम्पनीले सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारी समेत गरेको जनाएको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७