पाँच दलीय गठबन्धनबाट अलग हुने माधव नेपालको घोषणा


२८ असार २०७८, सोमबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले पार्टी एकताका लागि क्रियाशील हुने बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि बसेको कांग्रेससहितको गठबन्धनमा नेता नेपालले आफू केही समय पार्टी एकतामा क्रियाशील हुने बताएका हुन् ।

‘मेरो पार्टीभित्र केही जटिलताहरु देखिएका छन्, त्यसलाई मिलाउनु छ’, नेता नेपालले गठबन्धनको बैठकमा भनेको कुरा उधृत गर्दै एक नेताले भने, ‘यो अप्ठेरो स्थितिलाई तपाईहरु सबैले बुझिदिनु होला । अब म पार्टीलाई मजबुत बनाउन केही समय लाग्ने छु ।’

यद्यपि नेता नेपालले आफू कांग्रेससहितको गठबन्धनमै रहने स्पष्ट पारेका छन् । ‘अब म गठबन्धनमा रहे पनि पार्टीभित्र अप्ठेरो नपर्ने र एकता प्रक्रियामा समस्या नपर्ने गरी रहने छु’ नेता नेपालले भने । नेता नेपालले एकता प्रक्रियाको कोशिस भइरहेको जानकारी पनि गराएका थिए । संगठनका केही अप्ठेरा मिलाएर जानुपर्ने उनले बताएका छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७