भीम रावल किन पुगे बालुवाटार ? {भिडियो}


२८ असार २०७८, सोमबार
bhim rawal

काठमाडौं, २८ असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफु स्थायी कमिटी बैठकमा सहभागी नभएको बताएका छन् । बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आफु पार्टी विवाद समाधानका लागि गठित कार्यदलले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन बालुवाटार आएकोब बताएको हो ।

कार्यदलले तयार गरेको प्रतिवेदन कार्यदलका सबै सदस्यबाट हस्ताक्षर गरेपछि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउने कार्यक्रममा आएको उनको भनाई छ । उनले सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्छ भनेको बताए ।

रावलले आफूलाई स्थायी कमिटी बैठकबारे थाहा नभएको प्रतिक्रिया दिए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७