नबिल बैंकले ल्यायो ‘खुशीका ३७ दिन’ अफर


२८ असार २०७८, सोमबार
nabil bank 1024x683 1

काठमाडौँ, २८ असार । नबिल बैंकले आफ्नो ३७औँ वार्षिकोत्सवका अवसरमा विभिन्न छुट अफर ल्याएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकका लागि कार्ड, स्मार्ट बैंक लगायत लकरमा विभिन्न छुट प्याकेज सहित ‘खुशीका ३७ दिन’ अफर ल्याएको हो।

यस अफर अन्तर्गत नबिल बैंकले आजदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खातामा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।

सो अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खातामा मात्र उपलब्ध हुने बैंकले जानकारी दिएको छ।

सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको बैंकका १३५ शाखा, १८३ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७