अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायता आवश्यक : राष्ट्र संघ


२९ असार २०७८, मंगलवार
afghanistan XAONqsqtBz

काठमाडौं, २९ असार । लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्ताका आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसंघीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसंख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो । मानवीय सहायता आवश्यक पर्नेमा पाँच वर्षमुनिका बालबालिका पनि अग्रसूचीमा छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

त्यसैगरी कोरोना भाइरसलगायतका रोग तथा विभिन्न प्रकोप पनि मानवीय सहायता आवश्यकताका कारण रहेका छन् । अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविषेश प्रतिनिधि रामिज अल्काब्रोभले आक्रमण र मृत्युका घटनाहरू भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरूको संख्या बढ्दै गएको बताए । उनले मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि सबैलाई आह्वान समेत गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७