पाँच विद्यार्थी संगठनद्वारा भोलिदेखि पेट्रोल पम्प र ढुवानी बन्दको घोषणा


२९ असार २०७८, मंगलवार
five student uninn

काठमाडौं,२९ असार । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका हुन् ।

उनीहरुले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्षलाई ध्यानाकर्षण गराउँदै जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि फिर्ताका लागि एशोसिएसन मातहतका सम्पूर्ण पेट्रोल पम्प र ढुवानी ट्यांकहरु बन्द गरी आन्दोलनमा सहयोग गर्न आह्वान समेत गरेका छन् ।

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको ध्यानाकर्षणप्रति अवज्ञा गरिएमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यवसायी र एशोसियसन स्वयं हुने चेतावनी समेत दिएका छन् ।

  • petrol pump banda student union

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७