ज्याकी चानले चिनियाँ कम्युनिस्ट पार्टीमा आवद्ध हुन चाहन्छु भनेपछि सर्वत्र विरोध


२९ असार २०७८, मंगलवार
jackiechancommunist Mrq4wqySfP

काठमाडौं, २९ असार । विश्व प्रसिद्ध कलाकार ज्याकी चानले चिनियाँ कम्युनिस्ट पार्टीमा आवद्ध हुने इच्छा व्यक्त गरेपछि उनको सर्वत्र आलोचना भएको छ । चिनियाँ सामाजिक सञ्जाल विबोमा चानको विरोध भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

ज्याकी चानले श्रीमतीलाई धोका दिएको र उसका छोराले लागुपदार्थ सेवन गर्ने गरेको कारण चान कम्युनिस्ट पार्टीको सदस्य बन्न योग्य नभएको सामाजिक सञ्जाल प्रयोगकर्ताको भनाइ छ । चाइना फिल्म एशोसियसनले गत बिहीबार आयोजना गरेको कार्यक्रममा ज्याकी चानले आफूलाई चिनियाँ हुनुमा गर्व लागेको बताएका थिए ।

उनले आफ्नो मन्तव्यका क्रममा आफू चिनियाँ कम्युनिस्ट पार्टीमा आवद्ध हुन लालाहित भएको उल्लेख गरेका थिए । कम्युनिस्ट पार्टीले सोचेको र वाचा गरेको कुरा पुरा भएको देखेर आफूलाई पनि राजनीतिमा आउने इच्छा भएको उनको भनाइ थियो । चानको भनाइले उनका पश्चिमा राष्ट्रका फ्यानहरु पनि उनीसँग रुष्ट बन्ने अनुमान गरिएको छ। किन भने बेलायत, अमेरिकालगायतका मुलुकले चिनियाँ कम्युनिस्ट पार्टीलाई मन पराउँदैनन् । एससीएमपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७