खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा दुई जनाको गयो ज्यान


३० असार २०७८, बुधबार
chatyang

उदयपुर, ३० असार । उदयपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । मंगलबार साँझ त्रियुगा नगरपालिका–३ मुसहरीमा वर्षासँगै परेको चट्याङले दुई जनाको मृत्यु भएको हो ।

चट्याङले लागेर ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरुलाई घर नजिकै खेतमा काम गर्ने क्रममा चट्याङ लागेको हो । चट्याङले गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको डीएसपी गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७