विद्रोही तालिबानद्वारा अफगान सेनालाई आत्मसमर्पण गर्न चेतावनी


३० असार २०७८, बुधबार
Taliban

काठमाडौं, ३० असार । अफगानिस्तानको तालिबान विद्रोहीले सरकारी सेनालाई आत्मसमर्पण गर्न चेतावनी दिएको छ । समाचार संस्था एएफपीका अनुसार तालिबानले अफगान सेनालाई आत्मसमर्पण गर्न भन्दै टर्कीलाई समेत उसको सेनाको उपस्थिति अफगानिस्तानमा नबढाउन चेतावनी दिएको छ ।

हालै मात्र तालिबानले अफगानिस्तानका २२ कमाण्डोको हत्या भएको भिडिओ सार्वजनिक भएको थियो । हतियारविहीन उनीहरुमाथि तालिबानले गोली प्रहार गरेका थिए । तालिबानले सरकारी सेनाले आफूलाई पराजित गर्न नसक्ने भनिरहेका बेला उसले सरकारी सेनालाई आत्मसमर्पण गर्न भनेको हो ।

अमेरिकालगायत नेटोमा आवद्ध सेनाहरु अफगानिस्तानबाट फर्किन थालेपछि कट्टरपन्थी इस्लामिक समूह तालिबानले त्यहाँको अधिकांश क्षेत्र कब्जामा लिएको छ ।

तालिबानले आक्रमणको श्रृंखला बढाएपछि अफगान सेनाको नियन्त्रणमा रहेको इलाकाहरुमा अत्यावश्यक सामग्री हवाई मार्गबाट मात्र पठाउने अवस्था छ । तालिबानका प्रवक्ता आमिर खान मुक्ताकीले यसबीचमा सन्देश दिँदै भनेका छन्, ‘अब लडाइँ पहाड र मरुभूमि हुँदै शहरी क्षेत्रमा पुगेको छ तर मुजाहिदिन शहर भित्र हामी लड्न चाहँदैनौं । त्यसैले यहाँ छलफलबाट समस्याको समाधान गरेको राम्रो, यसरी शहरमा कुनै क्षति हुने छैन ।’

मुक्ताकीको यस बयानपछि नै काबुलको प्रहरी प्रवक्ता फिरदौस फारार्मुले काबुलमा विस्फोटनको घटना हुँदा ४ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जानकारी दिएका छन् । अफगान रक्षा मन्त्रालयले तालिबानले नियन्त्रणमा लिएको क्षेत्रहरु हटाउने प्रयास भइरहेको र केही शहरहरु तालिबानमुक्त बनाउन सकेको पनि बताएको छ ।

अमेरिकी सेनाले अफगानिस्तान छाड्न थालेपछि हालै काबुल विमानस्थल अमेरिकी सेनाले टर्कीको सेनाको जिम्मा लगाएको थियो । यसबीचमा तालिबानले टर्कीलाई आफ्नो सेना स्वदेश फर्काउन चेतावनी दिएको हो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७