माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा


३० असार २०७८, बुधबार
madhav nepal deuwa

काठमाडौं, ३० असार । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
नव नियुक्त प्रधानमन्त्री देउवा वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा पुगेका हुन् ।

देउवा एमाले नेता नेपाल पक्ष, माओवादी केन्द्र र जसपा (यादव–भट्टराई) पक्षको समर्थनमा मंगलबार प्रधानमन्त्री बनेका थिए । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नियुक्त गरेकी हुन् । मंगलबार प्रधानमन्त्रीको शपथग्रहण लगत्तै नेपालले देउवालाई पहिलो बधाई दिएका थिए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उत्रिएर देउवालाई प्रधानमन्त्री बनाउन नेपालसहित एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए । ओली सरकारको बहिर्गमनमा विशेष भूमिका खेलेका नेपाललाई देउवाले सरकारमा आउन आग्रह गरिसकेका छन् । तर, नेपालले नेता नेपालले आफू गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै सरकारमा नजाने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७