विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता


प्रकाशित मिति : October 13, 2017

काठमाडौं :   विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेकाे छ। हङकङ स्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा नेपालले टस जितेर फिल्डिङ  गरिरहेकाे छ । च्याम्पियनसिपको छैटौं चरणकाे यो अन्तिम खेल हो ।

१३ औं ओभरको खेल सकिदा  हङकङ २ विकेटको क्षतिमा ४२ रन जोडेको छ । नेपालका करण केसीले पहिलो विकेट लिए । यस्तै दोस्रो विकेट  हङकङका बाबर हायतलार्इ दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिट गर्दा रन आउट भएका छन् ।
हङकङ ११ अंकसहित पाँचौं र नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । च्याम्पियनसिपको शीर्ष चार टोली अर्को वर्ष जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्ने प्रावधान छ । नेपालले पछिल्लो पटक हङकङसँग मार्चमा खेलेको थियो । ज्ञानेन्द्रको ७० रनमा नेपालले सो खेल ७ विकेटले जितेको थियो ।
दुबै टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । नेपालले हङकङपछि युएईसँग युएईमा गएर खेल्दै छ । नेपालले हङकङ र युएईसँगका २—२ खेलमा विजय हात पारेमा शीर्ष चारमा पर्ने सम्भावना बलियो हुन्छ । एक खेल हारेमा पनि नेपाल शीर्ष चारको दौडबाट बाहिरिन सक्छ ।

प्रमुख ब्याट्सम्यान शरद भेषावकर अस्वस्थका कारण हङकङसँग शुक्रबार र आइतबार हुने खेल गुमाउने भएकाले नेपाली टोलीमाथी दबाब थपिएको छ । शरदले १० खेलमा नेपालबाट ३ सय २१ रन बनाएका छन् । उनीभन्दा बढी रन च्याम्पियनसिपमा कप्तान पारस खड्का ९३५२० ले बनाएका छन् । शरद नखेल्ने भएपछि उनले ब्याटिङ गर्ने तेस्रो नम्बरमा कप्तान पारस खड्काले ब्याटिङ गर्ने भएका छन् । मैदानको आकार सानो भएका कारण खेल ‘हाइ स्कोरिङ’ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्