पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक–एक रुपैयाँले घट्यो


३१ असार २०७८, बिहीबार
petrol line

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक÷एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ ।

निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक-एक रुपैयाँ घटाइएको निगमको भनाइ छ । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह पनि गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७