नव नियुक्त मन्त्रीहरूको पहिलो दिन


३१ असार २०७८, बिहीबार
Sherbahadur deuwa and his minister

काठमाडौं, ३१ असार । नव नियुक्त चारमन्त्री बालकृष्ण खाँड, जनार्दन शर्मा, पम्फा भुसाल र ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्री खाँड, अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालले बुधबार र कानुनमन्त्री कार्कीले मंगलबार आआफ्नो मन्त्रालय पुगी पदबहाली गरेका हुन् ।

पदबहालीका क्रममा उनीहरूले नीतिगत निर्णय लिनुका साथै मातहतका कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । नवनियुक्त गृहमन्त्री खाँणले पहिलो निर्णयका रूपमा पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गरेका छन् । अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति प्रदान गर्नेलगायतका निर्णय गरेका छन् ।

अर्थमन्त्री जर्नादन शर्मा

अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्ने क्रममा चार वटा फाइल सदर गरेका छन् । जसमध्ये एउटा फाइलमा खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति दिने थियो ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७