राउटेलाई मूलधारमा ल्याउन नीति


३१ असार २०७८, बिहीबार
Raute 1

सुर्खेत, ३१ असार । कर्णाली प्रदेश सरकारले अति लोपोन्मुख जाति राउटेलाई राज्यको मूलप्रवाहमा ल्याउन नीति तयार पारेको छ । स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरुको भाषालाई लिपिबद्ध गर्दै संस्कृति संरक्षण गर्ने लगायत नीति छ । दैलेखको गुराँस गाउँपालिकाले तीन वर्षअघि स्थायी परिचयपत्र उपलब्ध गराएको थियो ।

सामाजिक विकास मन्त्रालयले अति लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति २०७८ तयार पारेको हो । यसमा मानव सभ्यताको इतिहास बोकेको राउटे समुदायको पहिचान, मौलिकता र मानव अधिकारको संरक्षण गरी समतामूलक समाज निर्माण गर्ने लक्ष्य लिइएको उल्लेख छ ।

‘राउटे समुदायको जातीय र मौलिकता संरक्षण, बसाइलाई व्यवस्थापन गर्दै स्थायी बस्ती बसाल्ने, सी मलालाई अधुनिकीकरण गरी आयआर्जन र जीविकोपार्जनका लागि मुख्य स्रोत बनाइनेछ, नीतिमा लेखिएको छ,’ ‘राउटेको बासस्थानलाई पर्यटकीय प्रवद्र्धन गरी लोप हुनबाट बचाउने, बाह्य समुदायाबाट हुने हानी–नोक्सानी तथा हिंसाज्नय जोखिम अन्त्य गरिने छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७