सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै


३१ असार २०७८, बिहीबार
deuwa 1

काठमाडौं, ३१ असार । मन्त्रिपरिषद्को बैठक आज (बिहीबार) बस्दै छ । दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ । यसअघि, सरकार गठन भएको दिन गएको मंगलबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । आजको बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउनेलगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए ।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो । त्यही आधारमा मन्त्रीपरिषद्ले संसद अधिवेशन आह्वान गर्न लागेको हो । ‘बैठकमा कोरोना संक्रमण नियन्त्रण, अघिल्लो सरकारले गरेका कतिपय असंवैधानिक निर्णयका विषयमा समेत छलफल गर्ने सम्भावना छ,’ ती मन्त्रीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७