किशोरीमाथि पटक–पटक जबरजस्ती करणी, युवक पक्राउ


३१ असार २०७८, बिहीबार
Rape for nayapage

वीरगञ्ज, ३१ असार । एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पर्साबाट एक युवक पक्राउ परेका छन् । पीडित किशोरीको उजुरीको आधारमा बहुदरमाई नगरपालिका–२ पिपराका २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

कानुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

विवाह गर्ने, जागिर लगाई दिने जस्ता आश्वासन दिएर १४ असारमा उनले किशोरीलाई घरमै गएर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पछि उनले सखुवाप्रसौनी गाउँपालिका–४ को बाँसघारीमा लगेर समेत पटक–पटक जबरजस्ती करणी गरेको बयान किशोरीले दिएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७