हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ


३१ असार २०७८, बिहीबार
14 barsha bEoph7wGoP

अर्घाखाँची, ३१ असार । अर्घाखाँचीमा हत्या गरेर फरार एक जना १४ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको पाणिनी गाउँपालिका–५, मैदानका २१ वर्षीय नारायणबहादुर सस्र्यवंशीको हत्या गरेर फरार सोही गाउँपालिका घर भई हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो ।

२०६४ सालमा मृतक सूर्यवंशीको घरमै तीन जना मिलेर हत्या गरेका थिए । हत्यामा संलग्न अन्य दुई जना अझै फरार रहेको जिल्लाले जनाएको छ । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अमर थापा क्षेत्रीका अनुसार मृतक सूर्यवंशीलाई पूर्व रिसीबीका कारण २०६४ कार्तिक २६ गते घरमा खाना खान लागेको अवस्थामा तीन जनाले कुटपिट गरी हत्या गरेका थिए ।

उनीहरुले घरको थाममा नाम्लोले बाँधी लाठी र घरेलु हतियारले हानेर हत्या गरी फरार भएको पाइएको क्षेत्रीको भनाइ छ । अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको र अन्य फरारहरुको खोजतलास भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७