१० दिन लगातार बाडुली लागेपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना


३१ असार २०७८, बिहीबार
presidente jair bolsonaro agencia brasil24 rafyvQSTsE

काठमाडौं, ३१ असार । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो अस्पताल भर्ना भएका छन् । उनलाई तत्काल सर्जरी गरिने भएको छ ।
बीबीसीका अनुसार १० दिन लगातार बाडुली लागेपछि बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको हो । उनलाई साओ पाउलोको अस्पताल भर्ना गरिएको छ । त्यहाँ उनको आन्द्राको परीक्षण समेत हुने जनाइएको छ ।

एक ट्वीटमा बोल्सोनारोले आफू चाँडै फर्किने बताएका छन् । सन् २०१८ मा चुनावी अभियानका क्रममा उनीमाथि छुरा प्रहार भएको थियो । उनको पेटमा छुरा प्रहार हुँदा उनको आन्दा समेत काटिएको थियो । सो क्रममा उनको शरीरबाट ४० प्रतिशत रगत बगेको थियो ।

उनीमाथि छुरा प्रहार भएपछि उनको धेरै पटक सर्जरी गरिएको छ । १० दिनसम्म बाडुली लागेपछि उनलाई शुरुमा ब्राजिलियाको सैन्य अस्पताल लगिएको थियो । त्यसपछि साओ पाउलोको अस्पताल भर्ना गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७