पानी सर्किएर मृत्यु


१ श्रावण २०७८, शुक्रबार
death

झापा, १ साउन । झापामा पानी सर्किएर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको हो ।

आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा उनलाई पानी सर्किएको थियो । पानी सर्किएर बेहोस भएका श्रेष्ठको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७