सक्ताको चाबी नेपालको हातमा


१ श्रावण २०७८, शुक्रबार
deuwa madhav
फाइल फोटो

काठमाडौं, १ साउन । यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधवकुमार नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सासंदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ । एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ ।

यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार नेपाल निवासमै पुगेर विश्वासको मतका लागि आग्रह गरेका छन् । नेता नेपालले पनि विशवासको मताका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । तर उनीहरु दुई जनाको भेटघाटले एमाले अध्यक्ष केपी ओली भने चिढिएका छन् ।

बुधबारको भेटवार्तामा देउवा र नेपालबीच सरकारले विश्वासको मत नपाए संसद् पुनस्र्थापनाका लागि भएको लडाइँ पनि निरर्थक हुने विश्लेषण गरिएको थियो । हुन पनि नेपाल समूहले साथ दिएन भने देउवा सरकार एक महिनामै ढल्ने र प्रतिनिभीसभा फेरि विघटन भएर मुलुक मध्यावधि निर्वाचनमा जाने अवस्था आउँछ ।

त्यही भएर नेपालले संसद्लाई पूरा कार्यकाल टिकाउन आफ्नो साथ रहने आश्वासन देउवालाई दिएका छन् । नेपाल पक्षकै केही नेता भने देउवालाई विश्वासको मत दिनुअघि नै पार्टी विवादको छिनाफानो हुनुपर्ने बताउँछन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७