अस्त–व्यस्त काठमाडौंका कोभिड खोप केन्द्र


१ श्रावण २०७८, शुक्रबार
khop 1

काठमाडौं, १ साउन । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा बिहिबार बिहान ४ बजेदेखि ज्येष्ठ नागरिकहरु आँखा मिल्चै लाइनमा बस्न पुगे । कोही आफ्नो स्थान सुरक्षित गर्न झोला राख्न व्यस्त थिए । एकातर्फ कोभिड १९ को उच्च जोखिमको त्रास छ ।

भने अर्कोतर्फ खोप नपाउने चिन्ता सर्वसाधरणमा छ । त्यही भएर आफूहरु बिहाननैदेखि लाइनमा बस्नु परेको लाइनमा बसेकाहरुको गुनासो थियो । बुधबार छाउनीदेखि स्वयम्भुको भगवानपाउन भन्दा पनि माथिसम्म लाइन बस्दा समेत खोप लगाउने पालो नपाउनु तितो यर्थात भोगेकाहरु पनि लाइनमै बसेका भेटिएका थिए ।

‘बुधबार बिाहन ११ बजेदेखि लाइन बसेँ साझ ५ बजेसम्म पनि पालो आएन भिड उस्तै थियो । सामाजिक दूरी कायम थिएन । त्यही भएर आज म बिहान ४ बजेदेखि आफ्नो ठाउँ सुरक्षित गर्न लाइनमा बस्न आइपुगेको हुँ,’ डल्लुकी सानुमैया महर्जनले भनिन्, ‘लाइनमा सबेरै आउनु पर्ने चिन्ताले रातभरि निन्द्रनै लागेन । ४ बजे नै लाइनमा लागेको छु ।’

सरकारले खोपमा उचित व्यवस्थापन गर्न नसकेको कारण सर्वसाधारणहरुले दुःख पाएको वाफलका सुरेश श्रेष्ठको गुनासो छ । सुरेश पनि बुधबार खोपका लागि लाइनमा बसेको र बिहीबार बिहानै लाइनमा आएर बसेको बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७