तालिवानीद्वारा अफगानको नियन्त्रणमा रहेका सात हजार कैदीबन्दी रिहा गर्न माग


प्रकाशित मिति : July 16, 2021

काठमाडौं, १ साउन । तालिवानी विद्रोहीले अफगान सरकारको नियन्त्रणमा रहेका सात हजार कैदीबन्दी रिहा गर्न माग गरेको छ ।
तालिवानीले तीन महिना युद्धविराम गरेर भए पनि कारागारमा रहेका आफ्ना कार्यकर्ता रिहा गर्न माग गरेको हो । तर सरकारी अधिकारीहरुले भने तालिवानीले समस्या समाधानका लागि ठूलो माग राखेको बताएका छन् ।

तालिवानीको उक्त प्रस्तावप्रति सरकारले हालसम्म कुनै प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी सेना स्वदेश फिर्ता हुन थालेपछि तालिवानी विद्रोहीले आफ्ना सशस्त्र गतिविधिलाई तीव्र पारेका थिए ।

गत वर्ष वार्ताका क्रममा अफगान सरकारले पाँच हजार भन्दा बढी तालिवानी लडाकूहरु रिहा गरेको थियो । रिहा भएकामध्ये अधिकांश लडाकू पुन सशस्त्र हिंसामै संलग्न भएको सरकारी अधिकारीहरुको अनुमान छ । अफगान सेनाले देशव्यापी रुपमा तालिवानीका गतिविधि नियन्त्रणका लागि प्रयास भइरहेको जनाएको छ । तर विद्रोहीले आफूहरुलाई ठूलो सफलता मिल्दै गएको बताउँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्