कहाँ–कहाँ छ आज बाढीको जोखिम ?


१ श्रावण २०७८, शुक्रबार
duban
फाइल फोटो

काठमाडौं, १ साउन । मनसुनी वायुका कारण आज (शुक्रबार) देशका धेरैजसो भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज देशका पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । भोलि (शनिबार) देखि मनसुन थप सक्रिय हुने जनाइएको छ ।

आज विहानैदेखिको वर्षाका कारण नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव बढ्ने मौसमविदले बताएका छन् । केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाकाली, पश्चिम राप्ती, तिनाउ जलाधारका सहायक नदीहरुमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । आज कोशी, कर्णाली र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुनेछ । यस्तै, कन्काई, कमला, वागमती, पूर्वी राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सबैमा सतर्कता तहभन्दा तलै रहने जनाइएको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, ताप्लेजुङ, भोजपुर, खोटाङ, ओखलढुंगा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपर, गोरखा, लमजुङ, मनाङ, मुस्ताङमा आज बाढीको जोखिम रहेको जनाइएको छ ।

यस्तै तनहुँ, स्याङ्जा, कास्की, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, परासी, पाल्पा, गुल्मी, प्युठान, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव केही बढ्ने छ । केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ आज बाढीको पूर्वानुमान

16July

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७