राई इज किङले पुरा गरे सुदिता राईलाई दिएको बचन


२ श्रावण २०७८, शनिबार
rajesh payal rai and sudita rai prasan alung rai

काठमाडौँ, १ साउन । लोकप्रिय गायक राई इज किङ राजेश पायल राई आफूले दिएको बचन पुरा गरेका छन् । राई इज किङले भ्वाइस अफ नेपालबाट नकआउट राउन्डसम्म पुगेकी सिकिम्मकी गायिका सुदिता राईलाई दिएको वचन शुक्रबार आफनै युट्युब च्यानल मार्फत गीत सार्वजनिक गर्दे पुरा गरेका हुन् ।

गायक राई र गायिका सुदिताको स्वरमा ‘लगन जुर्ने कहिले’ बोलको गीत सार्वजनिक भएको छ । गीतको संगित स्वयम गायक राईले नै गरेका हुन् । गायिका राईको जन्मदिनमै उनले यो साङ्गतिक उपहार दिएका छन् । राईले यसअघि भ्वाइसबाट बाहिरिएकी मेलिना मैनाली, ईशान राई पनि गीत गाउने अवसर दिएका थिए । उक्त गीतहरू युट्युब ट्रेडिङमा आएको थियो । गायक राईले यस गीत पनि एकदमै राम्रो बनेको बताउँदै ट्रेडिङ आउने विश्वास व्यक्त गरे ।
यो गीत सार्वजनिक हुने भएपछि आजै (शुक्रवार) सार्वजनिक गर्ने भनिएको ‘मिठा मिठा पलहरू’ बोलको गीतलाई गायिका राईले स्थगित गरेकी थिइन् ।
अविवाहित रहेकी दुवै गायक गायिकाको वास्तविक जीवनमा पनि ठ्याक्कै सुहाउने गीतको शब्द हाल अमेरिकामा रहेका पत्रकार तथा लेखक पर्सन हलुङ राईको हुन् । रेन्ज राजु कार्कीले गरेका छन् भने गायिका दपा तामाङ र सङ्गीता राना पहेलीले गायनमा सहयोग गरेका छन् । यसै गरी रत्न विकले बाँसुरी र गितार सञ्जीव सुब्बाको रहेको छ ।


गीतको भिडियोमा स्वयम गायक र गायिका देखिएको छन् । भने उक्त छायाङ्कन मनोज राई र दुर्गा वान्तावा राईले गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७