हाइटीका राष्ट्रपतिको हत्या प्रकरण : निवासका सुरक्षा प्रमुख गिरफ्तार


२ श्रावण २०७८, शनिबार
15haiti 01 superJumbo 7MqtphcFkW

काठमाडौं, २ साउन । हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ ।
हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा अनुसन्धान गर्न सुरक्षा प्रमुखलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा विभिन्न दृष्टीकोणबाट प्रश्नहरु गरेका छन् ।

घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले गुप्तचर निकाय र अनुसन्धान निकायसँग समन्वय गरिरहेको पनि प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति मोइसको गत हप्ता निवासमै गोली प्रहार गरी हत्या भएको थियो ।

राष्ट्रपतिको हत्या गर्नेहरुले उनकी पत्नीलाई घाइते समेत बनाएका छन् । उनको अहिले अमेरिकी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले घटनामा दोषी भएको आशंकामा २८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट विभिन्न प्रमाण र आधारहरु भेटिँदै गएको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७