आजदेखि फेरि ठूलो पानी पर्ने, होशियारी अपनाउन आग्रह


२ श्रावण २०७८, शनिबार
rain

काठमाडौं, २ साउन । केहि दिन अलि मत्थर भएको मनसुन आज (शनिबार) देखि थप सक्रिय भएको मौसमविदले बताएका छन् ।
आजदेखि लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र प्रदेश–१ मा मनसुन थप सक्रिय भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिएका छन् ।

सक्रिय मनसुनी वायुका कारण आजबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम र प्रदेश–१ भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । तर, वागमती प्रदेशमा भने मंगलबारसम्म अहिले सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् सापकोटाले बताएका छन् ।

यस्तै आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा साथै प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वागमती, प्रदेश–२ र प्रदेश–१ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश–१ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७