टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एकै समूहमा


२ श्रावण २०७८, शनिबार
india paki

काठमाडौं, २ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् ।

२०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ । प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा खेल्ने छन् ।

जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधै सुपर–१२ मा प्रवेश गरेका छन् । सुपर–१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन् । पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।

समूह विजेता र उपविजेता गरी चार टिम सुपर–१२ मा पुग्नेछन् । भारत र पाकिस्तानसँगै न्यूजिल्याण्ड, अफगानिस्तान, समूह ‘ए’ उपविजेता र समूह ‘बी’ विजेताले समूह–२ मा प्रतिस्पर्धा गर्नेछन् ।

समूह–१ मा इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ‘ए’ विजेता र समूह ‘बी’ उपविजेताबीच खेल हुनेछ । प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७