मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध


२ श्रावण २०७८, शनिबार
pahiro parbat

पर्वत, २ साउन । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ ।

सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन अर्मादीमा अलपत्र बनेको प्रहरीले जनाएको छ । वर्षा रोकिए लगत्तै खुलाउनका लागि प्रयास गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७